सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० साउन १६ गते मंगलवारको राशिफल

२०८० साउन १६ गते मंगलवार, १ अगस्ट २०२३ । अधिक श्रावण शुक्लपक्ष पूर्णिमा तिथि । उत्तराषाढा नक्षत्र, १६ः५७ बजेपछि श्रवण । चन्द्रराशि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ काममा जग बसाउने समय छ । कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आस मारेको काम समेत सम्पादन हुनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन् । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । विज्ञको मार्गदर्शन पाइनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ । कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ । तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । कामले नाम र दाम दिलाउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । मिहिनेतले काम पूरा हुन सक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । मान–सम्मान पनि प्राप्त हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ । खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलवार ०६:४४