कुनै समय, विवाहलाई धेरै निजी र दुई आत्माको मिलन मानिन्थ्यो । तर अहिले समय बदलिएको छ । अहिले बिहे यस्तो भैसकेको छ कि जताततै चर्चाको विषय बनेको छ । अहिले सबैजना यस्तै एक पाकिस्तानी विवाहको कुरा गरिरहेका छन् । दुबईमा भएको यो विवाहमा पाकिस्तानी दुलहीलाई उनका बुवाले विवाहको दिन सुनको इँटाले तौलिएका थिए ।
इँटाको तौल थाहा पाएर तपाइँ छक्क पर्नुहुनेछ । यी बुबाले छोरीलाई ७० किलो इँटाले तौलेर सबैलाई चकित पारे । देश डरलाग्दो आर्थिक संकटबाट गुज्रिरहेको बेला यो जानकारी स्तब्ध पार्ने खालको छ । विवाहको यो खबर पुरानो भए पनि अहिले सामाजिक सञ्जालमा मानिसहरुले यसलाई उल्लेख गरिरहेका छन् । यो विवाहको भिडियोले जताततै सनसनी फैलाएको छ ।
पाकिस्तानमा पनि विवाहको अवसरमा सुन दिनु परम्पराको हिस्सा हो । त्यहाँ पनि बेहुलीले विवाहको समयमा परिवारबाट सुन उपहारस्वरूप पाउँछन् । यस्तो अवस्थामा एक पाकिस्तानी व्यापारीले आफ्नी छोरीको शरीरको तौल बराबरको सुनको इँटा उपहार दिएका हुन् । हाल यी व्यापारीको नाम भने खुलाइएको छैन । छोरीलाई एउटा तराजुमा बस्न लगाएर अर्को तराजुमा उनको तौल बराबरको सुनका ठूला इँटाहरू राखिएको थियो ।
इन्टरनेटमा भिडियो सार्वजनिक हुनेबित्तिकै पाकिस्तानमा मानिसहरू क्रोधित भए । मानिसहरूले विभिन्न तरिकाले प्रतिक्रिया दिए । धेरैले पैसाको बर्बादीको आलोचना गरे, कतिपयले पाकिस्तानमा आर्थिक संकटको बेला आफ्नो स्थिति देखाएकोमा व्यापारीको आलोचना गरे । एक प्रयोगकर्ताले लेखेका छन्, ‘गरिबलाई यत्तिको पैसा दिएको भए वा उनीहरूको घरमा राशन पुर्याएको भए ती मानिसहरूले कति आशीर्वाद पाउने थिए ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो सबको के फाइदा ? यस्तो बकवास गरेपछि पनि उनी मात्र विवाहित हुनेछिन्, सुपर विवाहित होइन ।’ एक प्रयोगकर्ताले यस्तो पनि लेखेका छन्, पाकिस्तानमा खानेकुरा छैन, मानिसहरु भोकले मरिरहेका छन् । पाकिस्तानलाई कसैले ऋण दिइरहेको छैन र तपाईं देखाउनुहुन्छ ।’ पाकिस्तानी व्यापारीले आफ्नी छोरीको विवाहमा बेहुलीको तौल बराबर सुनको इँटा दाइजो दिएका छन् । मिडिया रिपोर्टका अनुसार यी व्यवसायीले दुबईमा भव्य विवाह समारोहमा यो सबै गरेका थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं