सूचनाको शक्ति - The Power Of Information

        

फिलिपिन्स पाइलट पढेका दुई नेपाली विद्यार्थीलाई ‘उत्कृष्ट अवार्ड’

फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन–प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मी अवार्डबाट सम्मान गरेको हो । क्याप्टेन लम्साललाई उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेको छ । जसलाई ‘टप गन अवार्ड’ भनिएको छ ।

त्यस्तै क्याप्टेन नकर्मीलाई ‘जेप्सेन अवार्ड’बाट सम्मानित गरिएको हो । सन् २०२२ मा पाइलटको ट्रेनिङका लागि फिलिपिन्स पुगेका उनीहरूलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । ट्रेनिङ पुरा गरेका पाइलटहरूलाई इन्स्ट्यिच्युडले दीक्षित गरेको छ । दीक्षान्त समारोह गर्दै २२ जना नेपाली विद्यार्थीहरूसहित विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन् ।

उक्त कार्यक्रममा थुप्रै नेपाली पाइलटहरूले विभिन्न अवार्ड समेत पाएका छन् । सबिना विके खड्कालाई ‘एमेलीय एयरहर्ट अवार्ड’, शोभित पौडेललाई ‘प्ल्याक एप्रिसिएन’बाट सम्मानित गरिएको छ । सविनालाई प्रदान गरिएको उक्त अवार्ड पहिलो महिला पाइलटका लागि प्रदान गरिने सम्मान हो ।

पौडेलले स्कुललाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै विशेष सम्मान प्रदान गरेको हो । उनले आफ्नो भ्लग मार्फत एभिएसन क्षेत्रको विषयमा जानकारी दिँदै आएका छन् । त्यस्तै रामचन्द्र बराललाई ‘मोस्ट इम्प्रुभ्ड’, सागर पन्त र यस सेनलाई ‘राईट ब्रदर्शन अवार्ड’बाट सम्मान गरेको छ ।

फिलिपिन्सको सरकारी पाइलट ट्रेनिङ दिने उक्त इन्स्ट्च्यिुडमा थुप्रै विदेशी विद्यार्थीहरू पाइलटको ट्रेनिङ लिन जाने गरेका छन् । जसमा नेपाली विद्यार्थीहरू पनि प्रमुख प्राथमिकतमा पर्ने गरेका छन् । उक्त स्कुलको लागि नेपालको आधिकारिक प्रतिनिधि काठमाडौँ एलायन्स रहेको छ । काठमाडौँ एलायन्समार्फत धेरै नेपाली विद्यार्थी पाइलटको ट्रेनिङ लिनको लागि फिलिपिन्स जाने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार २०:०१