हत्केलाका रेखालाई भाग्य र भविष्य बताउने रेखा पनि भनिन्छ । हत्केलामा हुने रेखाले तपाईंको भाग्य र भविष्य कस्तो हुने भन्ने बताउने हस्तरेखा शास्त्रको भनाइ छ । हत्केलामा हुने बाँङ्गाटिङ्गा रेखाबीच कसैकसैको हातमा एउटा थप रेखा हुन्छ ।
भनिन्छ, यो रेखा जसको हातमा हुन्छ उनीहरु सरकारी नोकरी प्राप्त गर्छन् । हस्त रेखा शास्त्रका अनुसार हत्केलामा भाग्य रेखा नै नभए पनि यो रेखा हुनेहरु धनी हुन्छन् । हत्केलामा गुरु, शुक्र, बुध र चन्द्र पर्वत उठेका छन् भने तपाईंको हातमा सरकारी नोकरी प्राप्त गर्ने योग बनेको मानिन्छ ।
यस्तो भएमा यस्ता ब्यक्तिले भाग्य र मेहनत दुवैले धन, घर र वाहन सुख प्राप्त गर्छन् । हत्केलामा कतै कछुवाको चिन्ह छ भने चाहिँ यस्ता ब्यक्ति अचानक सरकारी नोकरी योग हुन्छ । यस्ता ब्यक्तिलाई अनुमान नै नगरिएको ठाउँबाट नोकरी प्राप्त हुन्छ । हत्केलामा स्वस्तिक चिन्ह छ भने यस्ता ब्यक्ति भाग्यशाली हुन्छन् ।
समुन्द्र शास्त्रका अनुसार यस्ता ब्यक्ति जीवनमा सफल हुन्छन् । हत्केलामा बुध पर्वत र मस्तष्कि रेखामा सेतो कोठी छ भने र भाग्यरेखा स्पष्ट, सीधा या पूरा छ भने पनि सरकारी नोकरी प्राप्त योग बन्न सक्छ । हस्तरेखामा महत्वका साथ हेरिने अर्को चक्र पनि हो ।
जुन मानिसको हातका दशवटै औंलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चीज आफ्नो बनाउन सक्छन् । त्यसैगरी एउटा मात्र औंलामा चक्र हुनेहरु विद्वान तथा दुई चक्र हुनेहरु सुन्दर हुने मान्यता छ । यसैगरी हातका तीन औंलामा चक्र हुने मानिसहरु निकै सुखी हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन् ।
हातको अनामिका औंलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ । सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगति गर्न सक्छन् । त्यसका साथै हातको सोही स्थानमा त्रिभूज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा विदेशमा रहने हस्तरेखा विज्ञानको मान्यता रहेको छ ।
ज्यो. विवेक पाण्डेय । काठमाडौं