सरकारले गणतन्त्र कोरियामा नेपाली कामदारलाई पठाउने प्रक्रिया थालेको छ । नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै असोज १ गतेदेखि भाषा परीक्षा हुने जनाएको छ ।
मन्त्रालय र कोरियाको श्रम मन्त्रालयबीच भएको एमओयू अनुरुप ईपीएस अन्तर्गत पानी जहाज कम्पनीमा कामदारका रुपमा पठाउन भाषा परीक्षा लिन लागिएको हो । भाषा परीक्षा सेप्टेम्बर १८ अर्थात् असोज १ गतेदेखि हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा हुने जारी सूचनामा उल्लेख गरिएको छ । अहिले २५०० जनालाई पठाउने तयारी गरिएको भए पनि कोरियाको मागअनुसार संख्या थपघट हुने जनाइएको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं