सूचनाको शक्ति - The Power Of Information

        

दैनिक २० मिनेट नाँच्दा हुने फाइदा

नृत्य पनि एउटा कसरत हो, जसले शरीरमा कैयौं फाइदाहरु दिन्छ । नृत्य जहाँ पनि गर्न सकिन्छ जसले मन शान्ति बनाउनका साथै मांसपेशीहरुका लागि पनि फाइदाजनक हुन्छ ।

तनाव कम गर्नका लागि पनि तपाईं नृत्य गर्न सक्नुहुन्छ । मात्र २० मिनेट डान्स गरेर तपाईं आफ्नो मुड पनि ह्याप्पी बनाउन सक्नुहुन्छ । जसले गर्दा तनाव पनि कम हुन्छ ।

त्यस्तै मोटोपन कम गर्नका लागि पनि नृत्य बाहेक अन्य राम्रो विकल्प छैन । त्यसैले यदी तपाईं दैनिक २० मिनेटका लागि नृत्य गर्नुभयो भने तपाईंको शरीरको तौल घटाउन पनि सजिलो हुन्छ ।

दैनिक २० मिनेट नृत्य गर्नाले शरीरमा रक्तसञ्चार पनि राम्रो हुन्छ । नृत्य गर्नाले शरीरका सबै अंगहरु चलायमान हुन्छन् जसले रक्तसञ्चार पनि राम्रो हुन्छ ।

नृत्य गर्नाले शरीरमा ह्याप्पी हर्मोनको मात्रा पनि बढ्न सक्छ जसले तपाई खुशी महसुस गर्नुहुनेछ । त्यसैले दैनिक २० मिनेटका लागि नृत्य गर्नाले तपाईं आफूलाई खुशी र स्वस्थ राख्न सक्नुहुन्छ ।

दैनिक २० मिनेटका लागि नृत्य गर्नाले शरीरमा लचकता पनि बढ्छ । त्यसैले केहीबेर दैनिक नृत्य गर्ने कोसिस गर्नुहोस् । यसले मांसपेशीहरुलाई पनि एकदमै फाइदा गर्छ ।

आफ्नो मुटुलाई स्वस्थ राख्नका लागि दैनिक खुलेर नाच्नुहोस् । मात्र २० मिनेट नाँचेर शरीरको क्यालोरी बर्न गर्न सकिन्छ । जसले मुटु पनि राम्रो हुन्छ ।

त्यसैले दैनिक नृत्य गरेर तपाईं शरीरलाई क्रियाशील पनि बनाउन सक्नुहुन्छ । यसले सुस्ती तथा आलस्यता पनि टाढा भगाउँछ । जसले गर्दा तपाईं सधैं क्रियाशील रहनुहुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १४ श्रावण २०८०, आइतवार ०९:०१