सूचनाको शक्ति - The Power Of Information

        

एउटै नम्बर प्लेटका दुई वटा मोटरसाइकल भेटिएपछि …

धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो ।

प्रहरीले प्रदेश–२–०२–००३ प ४०२३ नम्बरका दुई मोटरसाइकल फेला परेको जनाएको छ । मोटरसाइकलको कलर र कम्पनी समेत एकै रहेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले १६० सीसीको अपाचे मोटरसाइकल प्रयोग गर्ने दुई जनासहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार १२:५८