अहिले खेत, बारी, पार्कमा रहेका बाक्ला रुख, हरियो दुबो र घना बाक्लो जङ्गलले आँखा नै हराभरा हुन्छन् । यो वर्ष मनसुन अलि पर धकिलिएसँगै रुख बिरुवा, खेतबाली पनि ढिलै भए पनि हरियाली देख्न पाइएको छ ।
यस्तै अहिलेको समयमा सबैभन्दा मनमोहक हरियाली खेतमै देख्न पाइन्छ । ती खेतमा किसानले झार गोडेको दृश्य त झनै राम्रो देखिन्छ । उपत्यका छेउँछाउँमा खाली रहेका खेतहरुमा पनि यस्तै मनमोहक दृश्य हेर्न पाइन्छ ।
ललितपुरको खोकनाका स्थानीय पनि अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् ।
स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नुपर्ने हुन्छ । काठमाडौं उपत्यका मात्र नभइ देशका अधिकांश स्थानमा अहिले किसान झार गोड्नमा व्यस्त हुँदैछन् । हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा लागेका छन् ।













(तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी)
सत्यपाटी संवाददाता । काठमाडौं