सूचनाको शक्ति - The Power Of Information

        

सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

पहिरो पन्छाएर सञ्चालनमा आएको दुई घण्टामै मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर बिहान ३ बजेदेखि सडक खुलाइएकोमा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । अहिले सडक खुलाउने प्रयास भइरहेको र केहीबेरमै सञ्चालनमा आउने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पानी पर्नेवित्तिकै पहिरो खस्दा यो सडक अवरुद्ध भइरहने गरेको छ । त्यसैले सकेसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०८:४६