सूचनाको शक्ति - The Power Of Information

        

कर्ण र कमलाको ‘लुकी लुकी’ मा पलसँग इभा (भिडियो)

गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ ।दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोमा नायक पल शाह र इभा गिरी फिचर्ड छन् ।

विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको भिडियोको दृश्य कैद पवन सुस्लिङ्गले गरेका हुन् । मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन भिडियोमा रहेको छ । भिडियोलाई युट्युब च्यानल ओए एस आरबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०८:३१