सूचनाको शक्ति - The Power Of Information

        

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

पहिरो खसेर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका- ५ कालीखोला नजिक गएराति १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो ।

एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहानदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार ०८:११