चोरीको मोटरसाईकलसहित बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ९ बस्ने २४ वर्षीय अरुण बर्नवाललाई चोरीको २ थान मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार, साउन ८ गते राति अन्दाजी साढे १० बजे कोहलपुर नगरपालिका वडा नं.११ बस्ने होमनाथ आचार्यको घरमा पार्किङ गरी राखेको भे ११ प २२९२ नं.को मोटर साईकल र साउन १० गते बिहान साढे ५ बजे कोहलपुर १४ घर भई कोहलपुर नगरपालिकामा सव ईन्जिनियर पदमा कार्यरत तारा बहादुर खत्रीको भे १ ब. १७६५ नं.को मोटर साईकल चोरी भएको थियो ।
उक्त चोरीको मोटरसाइकल सहित बर्नवालमाथि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी तिवारीले बताए ।
सत्यपाटी संवाददाता । बाँके