सूचनाको शक्ति - The Power Of Information

        

पलाँतामा मिनी ट्रक दुर्घटना, घाइते ५ जनालाई हेलिकप्टरमार्फत सुर्खेत लगियाे

पलाता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज शुक्रवार हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे हाे । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएकाे छ ।

पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियाे । जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसाे महिला र बालबालिका रहेका छन् ।

पलाँता अस्पतालबाट रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकप्टरमार्फत थप उपचारका लागि प्रदेश अस्पताल लगिएकाे गाउँपालिका अध्यक्ष विष्णु रोकायाले बताउनुभयो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १३:१२