सूचनाको शक्ति - The Power Of Information

        

सप्तरीमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।

शुक्रबार बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन्। शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको अनुमान गरिएको छ ।

हत्या भएका मण्डलका साथी हनुमाननगर कंकालिनी ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्।

घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली खटाएर अनुसन्धान अगाडी बढाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १२:४७