सूचनाको शक्ति - The Power Of Information

        

बाग्मती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा घट्याे (सूचीसहित)

बाग्मती प्रदेशमा सार्वजनिक गाडीकाे भाडा घटेकाे छ । बाग्मती प्रदेश सरकारकाे श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहीवार (हिजाे) देखि लागू हुने गरी सार्वजनिक गाडीकाे भाडा घटाएको हो ।

नेपाल आयल निगमले साउन १ गते पेट्रोलियम पदार्थकाे मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बाग्मती प्रदेशले भाडा समायाेजन गरेकाे हाे ।

नयाँ भाडादरअनुसार काठमाण्डाै उपत्यकाबाहिर चल्ने लामो दूरीका यात्रुवाहक गाडीकाे भाडा २ दशमलव ३० प्रतिशत र मालवाहक गाडीकाे भाडा ३ दशमलव १८ प्रतिशतले घटेको छ ।

अब काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ, १० किलोमिटरसम्ममा २४ रुपैयाँ, १५ किलोमिटरसम्ममा २९ रुपैयाँ, २० किलोमिटरसम्ममा ३२ रुपैयाँ र २० किलोमिटरभन्दा बढीमा ३७ रुपैयाँ भाडा लाग्ने छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १२:३९