सूचनाको शक्ति - The Power Of Information

        

सेती नदीमा डुबेर ५ वर्षीय बालक बेपत्ता

डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

हिजो बिहीवार नदी नजिकै खेल्ने क्रममा उनी डुबेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिनुभयो । उनीसँगै डुबेका अर्का चार वर्षीय मिलन साउदको भने स्थानीयवासीले उद्धार गरेका छन् ।

उद्धार गरिएका मिलनको डडेल्धुरामा उपचार भइरहेको छ ।

नदीमा बेपत्ता भएका सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १२:३४