सूचनाको शक्ति - The Power Of Information

        

निमावि शिक्षक लाइसेन्सका लागि फारम खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन् । आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०७:२७