सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीद्वारा ४२ लाखको मोबाइलका सामग्री बरामद

सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुरबाट बुधवार ४२ लाख रुपैयाँभन्दा बढीका तस्करी गरेर भित्र्याइएको मोबाइलमा प्रयोग हुने सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–११ स्थित कृषि चोक नजिक चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखेर लैजाँदै गरेको सो सामान बरामद गरेको हो ।

उनले भारतको उत्तरप्रदेश बरेली स्थायी वतन भएका नावेद अलीले चलाएको से. ७ प. ८९९९ नम्बरको मोटरसाइकलमा बिलबिजक नभएका ४२ लाख १२ हजार ९०७ रुपैयाँ बराबरका मोबाइल डिस्प्ले लगायतका पार्टसहरु बरामद गरिएको बताए ।

ती सबै सामान भारतबाट अवैधरुपमा भन्सार राजस्व छलेर भित्रयाइएको जनाइएको छ । विभिन्न ब्रान्डका मोवाइलका डिस्प्लेसहित मोटरसाइकल र पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय, जमुनाह बाँकेमा बुझाउने प्रक्रिया चलिरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ०६:५०