बाँकेको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाटस्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
एक्कासी नदीको बहाव बढेपछि फसेका २६ जनाको मंगलबार साँझ उद्धार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको बहाव बढेपछि भंगालोमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको हो ।
सत्यपाटी संवाददाता । बाँके