सूचनाको शक्ति - The Power Of Information

        

यस्तो बन्यो फिल्म` जुलेबी´ को टिजर (भिडियो)

फिल्म ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बनेको फिल्ममा चार नारी पात्रको कथा समेटिएको छ।

फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक गणेश देव पाण्डेको निर्देशन र विवेक खड्काको छायाङ्कन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका हुन् । फिल्मको कार्यकारी निर्माता नवीन भट्ट हुन् ।

भदौ १ गतेबाट रिलिजमा आउने फिल्मलाई निर्मात्री आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार १३:२५