नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नभएका २२ जनालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।
प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन भएका हुन्। आफूखुसी सम्पर्कविहीन हुनेमा १ जना प्रहरी हवल्दार, ५ जना सहायक हवल्दार र १६ जना प्रहरी जवानहरु छन्।
कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा सेवाबाट हटाइने स्पष्ट गरेको छ।
सत्यपाटी संवाददाता । काठमाडौँ