सूचनाको शक्ति - The Power Of Information

        

साउदीमा दाजुबहिनीलाई मृत्युदण्ड, के थियो अपराध ?

साउदी अरबको मक्कामा दुई जनालाई मृत्युदण्डको सजाय दिइएको छ । साउदी अरब सरकारले यसबारे जानकारी दिएका हुन् । यो सजाय दाजुबहिनीलाई दिइएको हो ।

दुईलाई आफ्ना आमाबुवा र दाजुबहिनीको हत्यामा दोषी पाइएको थियो । अल अरेबियाको खबर अनुसार अब्दुल्ला अजिज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहूदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको औषधी मिसाइदिएकी थिइन् ।

त्यसपछि यी दुई दाजुबहिनीले आफ्नी आमा र एक भाइलाई सुतिरहेका बेला गोली हानी हत्या गरेका थिए । त्यसको भोलिपल्ट अर्को भाइलाई पनि गोली हानियो । साउदी सरकारका अनुसार अपराधपछि दुई जना मिलेर शवलाई एउटा स्थानमा लिएर गएको र त्यहाँ आफ्ना बुवालाई बोलाएर उनलाई पनि गोली हाने ।

सरकारका अनुसार यी दाजुबहिनीले पूरा घरलाई आगो लगाइदिएको र ग्यास लिक भएका कारण सल्किएको आगोमा परी सबै जना मरेको बताए । साउदी सरकारले सुरक्षा र स्थिरता यथावत् राख्नका लागि आफू प्रतिबद्ध भएको र यस्तो अपराध गर्नेले निश्चित रूपमा सजाय पाउने बताएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार २१:४९