सूचनाको शक्ति - The Power Of Information

        

शाकाहारी व्यक्तिले भिटामिन बी १२ को कमी भए कसरी पूरा गर्ने ?

शरीरमा भिटामिन बी १२ को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ, किनकि, निकै कम शाकाहारी आहारमा मात्र यो भिटामिन पाइन्छ । शरीरका लागि भिटामिन बी १२ अत्यन्त जरुरी हुन्छ । यसले सेता रक्तकोषिकाहरूको निर्माणमा मद्दत पुर्याउँछ र स्नायुप्रणाली (नर्भ्स)लाई स्वस्थ राख्छ ।

यही कारण शरीरमा भिटामिन बी १२ को कमी कतिपय अवस्थामा खतरनाक बन्न सक्छ । यसको कमीका कारण व्यक्तिले गम्भीर स्वास्थ्यसमस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । यदि शरीरमा पर्याप्त भिटामिन बी १२ नभएमा केही समयमै शरीरमा रातो रक्तकोषिकाको मात्रा कम हुन थाल्छ र स्नायुप्रणाली ड्यामेज हुन सक्छ ।

भिटामिन बी १२ को कमीका जोखिम

भिटामिन बी १२ को कमी हुँदा अनेक किसिमका समस्या आइपर्न सक्छन्, जसमा मुटु फेल प्रमुख हो । भिटामिन बी १२ मांसाहारी आहारमा बढी पाइने भएकाले शाकाहारी मानिसमा यसको कमीको सम्भावना बढी हुन्छ । तर, केही शाकाहारी आहारमा पनि भिटामिन बी १२ केही मात्रामा पाइन्छ ।

वास्तवमा भिटामिन बी १२ को निर्माण वनस्पतिको तुलनामा पशु तथा जनावरमा बढी हुन्छ । कतिपय अवस्थामा कुनै खास रोगका कारण पनि शरीरमा भिटामिन बी १२ को कमी हुन सक्छ, जस्तो कि, परनिसियस एनिमिया रोग भएका व्यक्तिमा भिटामिन बी १२ को कमी हुन्छ । भिटामिन बी १२ को कमीका अनेक असर हुन्छन्, जसका कारण व्यक्तिमा अनेकतरहका मानसिक समस्या हुन सक्छन् ।

जस्तै, हरसमय कन्फ्युजनमा रहनु, डिप्रेसनको सिकार हुनु, एकाग्रता बिलकुलै खराब हुनु, कुनै पनि काममा ध्यान नहुनु भिटामिन बी १२ को कमीका असर हुन् । यसका अलावा भिटामिन बी१२ को कमीले कैयौँपटक सम्झने शक्ति गुम्न पनि सक्छ । लामो समयसम्म भिटामिन बी १२ को कमी हुन गएमा व्यक्तिको स्नायुमा दुखाइको समस्या पनि हुन सक्छ । यो दुखाइ धेरैजसो हत्केला र पैतालामा हुने गर्छ ।

हरसमय कन्फ्युजनमा रहनु, डिप्रेसनको सिकार हुनु, एकाग्रता बिलकुलै खराब हुनु, कुनै पनि काममा ध्यान नहुनु भिटामिन बी १२ को कमीका असर हुन् । यसका अलावा भिटामिन बी १२ को कमीले कैयौँ पटक सम्झने शक्ति गुम्न पनि सक्छ । लामो समयसम्म भिटामिन बी १२ को कमी हुन गएमा व्यक्तिको स्नायुमा दुखाइको समस्या पनि हुन सक्छ । यो दुखाइ धेरैजसो हत्केला र पैतालामा हुने गर्छ ।

भिटामिन बी १२ का लक्षण

यदि शरीरमा भिटामिन बी १२ को कमी भएको समयमै थाहा भएमा यसबाट निम्तिने खतराबाट बच्न सकिन्छ । भिटामिन बी १२ को कमीको एउटा प्रमुख लक्षण हातगोडा लाटो हुनु तथा कमिलाले टोकेजस्तो महसुस हुनु हो । यसका कारण शरीरको गति र संवेदनशीलता प्रभावित हुन सक्छ ।

यसको असर विशेषगरी खुट्टामा देखिने गर्छ । आमरूपमा भिटामिन बी १२ को कमी हुँदा व्यक्तिलाई यस्तो महसुस हुन्छ कि, मानौँ, उसका हात–खुट्टामा कुनै काँडा वा यिन बिझिरहेको छ वा यी अंगहरु लाटा भएका छन् । यस्तोमा छुँदा वा चलाउँदा अंगहरु असंवेदनशीलझैँ लाग्छन् ।
अन्य लक्षण

हरसमय थाकेको महसुस हुनु, सामान्य व्यायाम वा काम गर्नेबित्तिकै श्वास लामो हुनु, मुटुको घडकन तीव्र बढ्नु वा घट्नु, टाउको दुख्नु, भोक कम लाग्नु, मुखको स्वाद परिवर्तन हुनु । कतिपय अवस्थामा भिटामिन बी १२ को कमीका कारण शरीरमा रगतको कमी भएर व्यक्तिलाई जन्डिस हुन सक्छ वा उसको छालामा पहेँलोपन देखिन सक्छ ।

यसका अलावा आँखामा सेतो चिह्न पनि भिटामिन बी १२ को संकेत हुन सक्छ । कतिपय अवस्थामा भिटामिन बी १२ को कमीका कारण शरीरमा रगतको कमी भएर व्यक्तिलाई जन्डिस हुन सक्छ वा उसको छालामा पहेँलोपन देखिन सक्छ । यसका अलावा आँखामा सेतो चिह्न पनि भिटामिन बी १२ को संकेत हुन सक्छ ।

भिटामिन बी १२ को कमी कसरी पूरा गर्ने ?

भिटामिन बी १२ को कमी पूरा गर्न यो भिटामिनयुक्त आहारको सेवन गर्न सकिन्छ । यसका अलावा अधिक मात्रामा जरुरी भएमा चिकित्सकले भिटामिन बी १२ सप्लिमेन्ट पनि दिन सक्छन् । कतिपय गम्भीर स्थितिमा यो भिटामिनको इन्जेक्सन पनि दिने गरिन्छ । सामान्यतया १९ देखि ६४ वर्षका वयस्कका लागि दैनिक १.५ माइक्रोग्राम भिटामिन बी१२ आवश्यक हुन्छ ।

शाकाहारीका लागि भिटामिन बी १२ का स्रोत

भिटामिन बी १२ मुख्यतः जनावरमा पाइने भएकाले शाकाहारी व्यक्तिले यसलाई प्राप्त गर्ने उत्तम तरिका जनावरबाट प्राप्त हुने दुग्धजन्य पदार्थको सेवन नै हो । दुध, दही, चिज लगायत जनावरबाट प्राप्त हुने पदार्थको नियमित सेवन गरेर शाकाहारी व्यक्तिले भिटामिन बी १२ को कमी पूरा गर्न सक्छन् । यसका अलावा अण्डामा पनि भिटामिन बी १२ पाइन्छ ।

मासु नखाने तर अण्डा खाने व्यक्तिले नियमित अण्डाको सेवनबाट पनि भिटामिन बी १२ प्राप्त गर्न सक्छन्, यद्यपि धेरैजसो शाकाहारीले मानिस अण्डाको पनि सेवन नगर्ने गरेको पाइन्छ । बजारमा केही यस्ता खाद्यपदार्थ पनि पाइन्छन्, जसमा अतिरिक्त भिटामिन बी १२ मिलाइएको हुन्छ, जसको सेवनबाट पनि भिटामिन बी १२ को कमी पूरा गर्न सकिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार २१:३४