सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थलमबाट १९ करोडभन्दा बढी विदेशी मुद्रा जफत

भन्सार विभागले शुक्रबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १९ करोडभन्दा बढीको विदेशी मुद्रा बरामद गरेको छ ।

विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए । खोजीका क्रममा उनीहरूको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।

उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ । नेपाली मुद्रामा यी विदेशी मुद्राको मूल्य करिब १९ करोड रुपैयाँ पर्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:३७