सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगको निर्णय

सोवितादेखि गगनसम्म बुझाएनन् निर्वाचन खर्च, १५ हजार जरिवाना

प्रतिनिधिसभा र प्रदेशसभाका दुई हजार ४३५ जनाले खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवारलाई रु १५ हजारसम्मको जरिवनासहित कारबाही गर्ने निर्णय गरेको छ ।

आयोगले निर्वाचन सम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम प्रतिनिधिसभातर्फ एक हजार ३७ जना र प्रदेशसभातर्फ एक हजार ३९८ जना उम्मेदवारलाई खर्च विवरण नबुझाएको भन्दै कारबाही गर्ने निर्णय गरेको हो ।

आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने दुई हजार ४३५ उम्मेदवारहरूलाई १५ हजारका दरले जरिवाना तोकेको हो । यससँगै खर्च विवरण बुझाउनेहरूको पनि नामावली आयोगले सार्वजनिक गरेको छ ।

निर्वाचन खर्च विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमदेखि, माओवादी केन्द्रकी ओनसरी घर्ती, नेपाली कांग्रेसका गगन थापासहितका सांसद तथा नेताहरू पनि रहेका छन् ।

सूची हेर्नुहोस,

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:२९