सूचनाको शक्ति - The Power Of Information

        

कोशी सरकारविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरुद्ध परेको रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा हेर्दाहेर्दैमा रहेको छ।

मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा मंगलबार सुनुवाइ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

सोमबार न्यायाधीशहरू सुष्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासले रिटमा जटिल कानुनी प्रश्न समावेश भएको ठहर गर्दै पूर्ण इजलासबाटै सुनुवाइ हुन उपयुक्त हुने आदेश गरेको थियो।

आदेश अनुसार भोलिपल्टै आज पूर्ण इजलास गठन गरेर रिटको सुनुवाइलाई प्राथामिकता दिइएको हो। थापालाई मुख्यमन्त्री नियुक्ति गर्न सभामुख बाबुराम गौतमले समेत माओवादी सांसदका रुपमा गरेकार हस्ताक्षरलाई प्रदेश प्रमुख परशुराम खापुङले मान्यता दिएपछि सरकार गठनको विषय अदालत पुगेको हो।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै असार २२ गते सर्वोच्चमा रिट दिएका हुन्। थापाले मुख्यमन्त्री नियुक्त भएको तीस दिन अर्थात् साउन १९ गतेसम्म विश्वासको मत लिइसक्नुपर्नेछ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:१८