सूचनाको शक्ति - The Power Of Information

        

होटलमा पनि औषधि पसलमा झैँ कण्डम र पिल्स !

कैलालीको अत्तरियामा होटेलभित्र यौनधन्दा गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२, आदर्श गल्लीको अछाम होटलमा महिलासहित होटल सञ्चालकलाई प्रहरीले पक्रेपछि उक्त रहस्य खुलेको हो ।

होटल सञ्चालक प्रकाश थापा र महिला विमला सुनारसँगै प्रहरीले होटलबाट कन्डम, गर्भ निरोधक ईकोन पिल्स, यौन क्रियाकलापमा प्रयोग हुने क्रिम पनि बरामद गरेको छ । बोगटी डोटीको घण्टेश्वरका हुन् भने महिला कैलाली घोडाघोडीकी हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १७:०६