सूचनाको शक्ति - The Power Of Information

        

कस्तो लाग्यो फिल्म `अदृश्य´ को सस्पेन्स थ्रिलर ट्रेलर ? (भिडियो)

फिल्म ‘अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक २ मिनेट १३ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहीत मानन्धरलाई प्रस्तुत गरिएको छ।

प्रह्लाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरले पछिल्लो समय देशमा भइरहेका हत्या, हिंसा र बलात्कार जस्ता अपराधको कथा उठान गरेको छ ।

पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १४:२८