सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएकाे छ ।

चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखाेलामा बिहान पहिरो खसेपछि अवरुद्ध भएकाे सडक केहीबेर अघिदेखि सञ्चालनमा आएकाे हाे ।

सडक दुईतर्फी खुलाइए पनि पहिराेकाे जाेखिमका कारण अहिले एकतर्फी गाडी सञ्चालन भइरहेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १४:१३