सूचनाको शक्ति - The Power Of Information

        

रक्सी खाएर गाडी चलाएपछि मन्त्री चैट

न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । मदीरा सेवन गरी सवारी चलाउँदा दुर्घटना परेपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो । न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटनापछि राजिनामा दिएको हुन् ।

उनीमाथी लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि कारबाहीका लागि सिफारिस गरिएको थियो । वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार ०९:४४