२०८० साउन ९ गते मंगलवार, २५ जुलाई २०२३ । अधिक श्रावण शुक्लपक्ष सप्तमी तिथि, १०ः०७ बजेपछि अष्टमी । चित्रा नक्षत्र, २०ः१४ बजेपछि स्वाती । चन्द्रराशि– कन्या ७ः३८ बजेपछि तुला ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइसँग रमाइलो भेट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ कामको योजना बन्न सक्छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ । व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ । यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ । दिन रमाइलो रहनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धामा उत्रनुपर्ने समय छ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । प्रतिस्पर्धी बढ्नाले काममा चुनौती थपिनेछ । बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । रोकिएको कामले गति लिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ । विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ । बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । आफन्तको भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयोगी चयन गर्न राम्ररी सोचविचार गर्नुहोला । नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । बोलीको समेत गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । दिगो काम थाल्न समयले साथ दिनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अपिरिचित व्यक्तिले समेत साथ दिनेछन् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरका लागि आफन्त र परिवारबाट टाढिनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ । चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत परे पनि कामको जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।
सत्यपाटी संवाददाता । काठमाडौं