सूचनाको शक्ति - The Power Of Information

        

गौरीकाले पौडी प्रतियोगितामा बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान

जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरीका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

१३ औं सागकी ४ स्वर्ण पदकधारी गौरीकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेण्ड समयमा दुरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।

गौरीकाले यसअघि भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७ दशमलव ३१ सेकेण्ड समयको रेकर्ड बनाएकी थिइन् । यस्तै, नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन पनि नयाँ कीर्तिमान बनाए ।

पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले दिएको जानकारी अनुसार नासिरले २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७ दशमलव २६ सेकेण्ड समयमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आफ्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार २०:१५