सूचनाको शक्ति - The Power Of Information

        

घरायसी विवादमा श्रीमतीको हत्या, आमा सिकिस्त

सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । महादेवा गाउँपालिका २, अकबरपुरकी ३० वर्षीया पार्वतीदेवी खङको हत्या अभियोगमा उनका श्रीमान ३५ वर्षीय रामरुप खङलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुबीच गएराति घरायसी विवादपछि भएको झगडा र कुटाकुटमा पार्वती गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारको निम्ति राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

छोरा बुहारीको झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रामरुपकी आमा ६१ वर्षीया समतोलिया खङको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १८:३३