सूचनाको शक्ति - The Power Of Information

        

यी १० अवस्थामा गर्नुहुँदैन ‘सेक्स’

यौन जीवनको अभिन्न पाटो हो । जीवनको सुरुवात नै यौन अर्थात् सेक्सबाट हुने हुँदा यसबारे सबै प्राणीलाई चासो हुन्छ । मानव नै यस्तो प्राणी हो जसले हरेक समय र सिजनमा यौन सम्बन्ध राख्छ । मानवका लागि यौन आनन्दको साधन समेत हो ।

एक दिनमा महिलाले १८ पटक र पुरुषले ३४ पटक सहवासबारे सोंच्छन् त र के जस्तो सुकै अवस्थामा यौन सम्बन्ध राख्नु राम्रो हो ? जवाफ नकारात्मक छ । शास्त्रमा विभिन्न १० अवस्थामा यौन सम्बन्ध राख्न नहुने उल्लेख छ ।

१. जब स्त्री वा पुरुष होसमा छैन त्यति बेला पार्टनरले यौन सम्बन्ध राख्नुहुँदैन । यस्तो समयमा यौन सम्बन्ध राख्नु जीवनका लागि समेत घातक हुन सक्छ ।

२. अनिद्राले पीडित व्यक्तिसँग पनि यौन सम्बन्ध राख्नु वर्जित मानिएको छ । अनिद्राले ग्रस्त व्यक्तिलाई शास्त्रले रोगी मानेको छ ।

३. जब शरीर पुरै थाकेको हुन्छ त्यति बेला यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ । स्वस्थ र स्फूर्त अवस्थामा मात्र यौन सम्बन्ध स्वस्थ मानिन्छ ।

४. अत्यधिक यौनिक भावना आएको समयमा सहवास गर्नबाट बच्नुपर्छ । किन भने यस्तो समयमा होस गुमाएर गलत कदम व्यक्तिसँग सहवास गर्ने जोखिमसमेत हुन्छ । जसले सामाजिक जीवन बरबाद हुन सक्छ ।

५. चिन्ताग्रस्त अवस्थामा पनि यौन सम्बन्ध राख्नु उचित मानिँदैन । यस्तो अवस्थामा यौन सम्बन्ध पीडादायक हुन सक्छ ।

६. अस्वस्थ रहेको अवस्थामा यौन सम्बन्ध राख्नु हुँदैन । यसले तपाईँको स्वास्थ्यमा थप प्रतिकुलता पैदा गर्न सक्छ । यस्तो समयको सहवासबाट जन्मिने बच्चा समेत अस्वस्थ हुने मानिन्छ ।

७. स्त्री महिनावारी भएको समयमा पनि यौन सम्बन्ध राख्न वर्जित छ । यस्तो समयमा रोग सङ्क्रमणको खतरा उच्च हुने चिकित्सकहरू समेत बताउँछन् ।

८. कुनै कुरा गुमाएर दुःखी भएको व्यक्तिलाई यौन सम्बन्ध राख्न बाध्य पार्नु खराब मानिन्छ ।

९. कुनै व्यक्ति पूजा, व्रत वा ध्यानमा छ भने यौन सम्बन्ध राख्नुहुँदैन । शास्त्रमा यस्तो समयमा गरिने यौन सम्बन्धलाई महापाप भनिएको छ ।

१०. नशामा रहेको व्यक्तिसँग पनि यौन सम्बन्ध राख्नुहुँदैन । यस्तो समयमा सही गलत छुट्टाउन कठिन हुने हुँदा यौन सम्बन्ध राख्नु उचित मानिँदैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १६:१३