सूचनाको शक्ति - The Power Of Information

        

महिलाले पुरुषमा खोज्छन् यी पाँच कुरा ?

सम्बन्ध विभिन्न कुरामा टिकेको हुन्छ । महिला र पुरुषको बीचको सम्बन्धको शुरुवात पनि सबैभन्दा महत्वपूर्ण हुन्छ ।

महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यिनी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ?

१. सुन्दरतापछि स्वभाव

कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हसनेछ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ ।

एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आकर्षित गर्छ ।

२. लुक र आकर्षण

हुन त दीर्घ सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।

३. मुस्कान

राम्रो लुक र पहिरनपछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे ।

४. ह्युमर

यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किनभने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् ।

५. शारीरिक बनौट

शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शारीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औषत उचाइ भएका पुरुक्ष मन पर्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १५:५०