सूचनाको शक्ति - The Power Of Information

        

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थाननजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विक रहेका छन् ।

दुर्घटनामा परेर ३३ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ ।

घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घुम्ति मोडमा ट्रयाक्टर मोड्ने समयमा दुर्घटना भएको बुझिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १९:४६