सूचनाको शक्ति - The Power Of Information

        

धनुषाको सीमामा एक महिलाको गोली हानी हत्या

धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको र महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।

ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि बारे हालसम्म पहिचान खुलेको छैन ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १०:५२