सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा नुन पर्याप्त, १७ सय क्वीन्टल मौज्दात

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जुम्लामा पर्याप्त मात्रमा नुन रहेको बताएको छ । डिपोमा अहिले एक हजार ७२१ क्वीन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए ।

सदरमुकामको डिपोमा ८२१ क्वीन्टल, सिञ्जाको नराकोट डिपोमा ८५० क्वीन्टल र गुरुचौर डिपोमा ३५० क्वीन्टल रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख मल्लले जिल्लामा नुनको अभाव नभएको बताए ।

कार्यालय प्रमुख मल्लले भने, ‘अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने छ । वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ ।’ गत असार ३१ गते नुन नपाएको भन्दै डिपोमा तोडफोड भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतवार १०:१०