सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकन नौ सेनाको नेतृत्व पहिलो पटक महिलाको काँधमा

अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् ।

सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि पहिलो महिला हुनेछन् । फ्रैंचेटी १९८५ मा कमीशन भएकी थिइन् । उनी हाल नौसेना अपरेसनका उपप्रमुखको रुपमा कार्यरत छन् ।

फ्रानचेट्टीको जीवनीका अनुसार, उनले अमेरिकी नौसेना सेना कोरियाको कमाण्डर, युद्धको विकासका लागि नौसेना अपरेशनका उपप्रमुख र संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा काम गरिसकेका छन् । उनले दुई क्यारियर स्ट्राइक समूहलाई पनि कमाण्ड गरेक छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार १२:१९