सूचनाको शक्ति - The Power Of Information

        

बिहेअघि नै परिणीति चोपडा गर्भवती !

बलिउड अभिनेत्री परिणीति चोपडा हिजोआज विवाहको समाचारलाई लिएर चर्चामा छन् । परिणीतिले केही समयअघि मात्र आम आदमी पार्टीका सांसद राघव चड्ढासँग टिकाटालो गरेकी थिइन ।

त्यसपछि लगातार उनको बिहेलाई लिएर चर्चा भइरहेको छ । खबरअनुसार उनीहरुले छिट्टै विहे गर्न सक्ने अड्कल लगाइएको छ । यही बीच परिणीतिका बारेमा अर्को चर्चा पनि भइरहेको छ । त्यो हो उनी गर्भवती भएको खबर ।

केही समयअघि उनी जब खुकुलो लुगामा देखिइन् सबैले के उनी गर्भवती भएकी हुन् भनेर अड्कल काटेका थिए । अहिले फेरि उनी त्यस्तै कपडामा देखिएकी छन् । फेरि उनका तस्वीर भाइरल भइरहेका छन् ।

परिणीति चोपडा हालै मुम्बईमा देखिएकी थिइन् । जहाँ अभिनेत्रीले एकदमै लुज पहेंलो रंगको काफ्तान जस्तो देखिने पहिरन लगाएकी थिइन् । यस दौरान उनी निर्देशक इम्तियाज अलीको अफिस पुगेकी थिइन् ।

उनी छिट्टै निर्देशक इम्तियाज अलीको फिल्म चमकीलामा देखिँदैछन् । अभिनेत्रीले यही क्रममा जब कारबाट झरेर पापाराजीलाई तस्वीरका लागि पोज दिइन् । त्यसपछि उनका तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन थाले ।

यस्ता पहिरनमा उनलाई देख्न थालेपछि प्रसंशक तथा सामाजिक सञ्जाल युजर्सले के साँच्चै अभिनेत्री गर्भवती छन् ? भनेर प्रश्न गर्न थालेका छन् । साथै उनको अनुहारमा देखिएको चमकलाई पनि सबैले गर्भावस्थासँग जोडेर प्रतिक्रिया दिन थालेका छन् ।

यसअघि पनि उनले कालो रंगको यस्तै खालको कपडा लगाएकी थिइन् । जो एकदमै खुकुलो थियो । उनको यस्तो पहिरन लगाएका तस्वीरमा एकदमै धेरै प्रतिक्रिया आइरहेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ११:०६