सूचनाको शक्ति - The Power Of Information

        

कान्तिपुरले बन्द गर्‍यो सन्दीपको कार्यक्रम ‘ह्वाट द फ्लप’

कान्तिपुर टिभी एचडीमा प्रसारित हुँदै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’लाई  टेलिभिजनले अब प्रसारण नगर्ने भएको छ ।

टेलिभिजनले बिहीबार सूचना जारी गर्दै कार्यक्रम रोकेको जानकारी गराएको हो । अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो । तर पनि विवाद साम्य नभएपछि कार्यक्रमलाई नै रोक्न लागिएको हो । कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १९:०१