सूचनाको शक्ति - The Power Of Information

        

चाउचाउ खाँदा शरीरमा गम्भीर नोक्सान !

धेरैलाई चाउमिन वा चाउचाउ खान एकदमै मन पर्छ । नुडल्स खासगरी बच्चाको झनै मनपर्ने खानामा पर्छ । तर, चाउमिन वा चाउचाउको सेवनले शरीरमा धेरै नोक्सान पुर्याउन सक्छ ।

त्यसैले बेलैमा त्यसबारेमा जानेर चाउचाउ खान कम गरिहाल्नुस् । एकदमै छिटो बन्ने तथा मिठो हुने चाउचाउ स्वादिलो हुन्छ । तर यसलाई पचाउन एकदमै धेरै समय लाग्छ । जसले गर्दा पाचनतन्त्रलाई धेरै नै मेहनत गर्नुपर्ने हुन्छ ।

धेरै मात्रामा चाउचाउको सेवन गर्नाले तपाईंको स्वास्थ्य पनि खराब हुन्छ । दैनिक जसो यसको सेवनले कलेजोमा एकदमै नराम्रो प्रभाव पर्छ । चाउचाउ खान र पेट भर्नका लागि मात्र हो भन्दा पनि हुन्छ । यसमा कुनै पनि प्रकारको पोषण हुँदैन ।

त्यसैले यसलाई नियमित रुपमा खाइराख्नु भनेको शरीरमा पोषक तत्वको कमी हुँदै जानु हो । जर्नल अफ न्यूट्रिशनका अनुसार हप्तामा २–३ पटकभन्दा धेरै चाउचाउको सेवन गर्नाले महिलालाई मेटाबोलिक सिन्ड्रोम हुने खतरा बढ्छ ।

यसकारणले गर्दा स्वास्थ्य सम्बन्धी कयौं समस्या देखिन सक्छन् । त्यस्तै पेटसँग जोडिएका समस्याबाट बच्न चाहनुहुन्छ भने दैनिक चाउचाउको सेवन नगर्नुहोस् । चाउचाउ धेरै खाने मानिसलाई पेटसँग जोडिएका समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १५:२३