सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेखमा पानी पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सिंचाई गर्न निर्माण गरिएको पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।

जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिका–३ पानी खोला गाउँ बस्ने बमबहादुर खप्तडीकी छोरी ५ वर्षीया सपना खप्तडी र सोही ठाउँकी लिला खप्तडीकी छोरी ८ वर्षीया बिपनाको डुबेर निधन भएको हो ।

बिहीबार साँझ ६ बजेतिर घरदेखि झण्डै ५० मिटर टाढा रहेको सिंचाई पानी पोखरी नजिकै खेल्ने क्रममा दुबै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए ।

बालिकाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १४:०९