सूचनाको शक्ति - The Power Of Information

        

तुलसीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार

दाङमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

वृद्धामाथि बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम बिक रहेको प्रहरीले जनाएको छ ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला रोका ती युवाहरुले फकाएर बसभित्र लगी बलात्कार गरेका थिए । उनीहरुमाथि थप कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार ०९:४७