सूचनाको शक्ति - The Power Of Information

        

चालु आर्थिक वर्षमा अवकाश हुँदै दुई हजार बढी निजामती कर्मचारी (नामावलीसहित)

चालु आर्थिक वर्ष २०८०–०८१ मा २ हजार २६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने भएको छ । निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।

महानिर्देशक टोकराज पाण्डेका अनुसार विशिष्ट श्रेणीका १९ जनादेखि श्रेणीविहीन ६०० बढीसम्मका कर्मचारीहरु आर्थिक वर्ष २०८०–०८१ भित्र अवकाशमा जानेछन् । निजामती सेवा ऐनमा ५८ वर्ष उमेर पूरा भएका वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरु अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

निजामती सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको एक महिनाभित्रमा सम्बन्धित निकायले लोक सेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनुपर्ने व्यवस्था छ । सोही विवरणको आधारमा लोक सेवा आयोगले कर्मचारी छनौटको परीक्षा लिई नियुक्तिका लागि सिफारिस गर्दछ ।

अवकाशमा जाने कर्मचारीहरुको विवरण हेर्नुहोस् :

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १२:५०