सूचनाको शक्ति - The Power Of Information

        

सुनको मूल्य अहिलेसम्मकै उच्च

बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको कारोबार १ लाख १३ हजार १०० रुपैयाँमा भएको थियो । आज प्रतितोला ५०० रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको कारोबार आज एक हजार ४९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार एक हजार ४९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार १२:४६