सूचनाको शक्ति - The Power Of Information

        

यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

देशका विभिन्न भू–भामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको छ ।

सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास भएर बहने केही स–साना नदी तथा खोलामा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच, आगामी तीन दिन बाढीको उच्च जोखिम न्यून रहेको छ । कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार ०९:४७