सूचनाको शक्ति - The Power Of Information

        

बालेनलाई करिश्माको व्यंग्य : पचास हजार जरिवानाले लाखौँको प्रचार गर्दिनु भयो

गत शुक्रवारबाट रिलिजमा आएको आफू अभिनीत फिल्म `बगान´ लाई  जरिवाना तिराएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले काठमाडौँ महानगरीय प्रमुख बालेन शाहलाई व्यंग्य हानेकी छिन् ।

महानगरले ५० हजार जरिवाना तिराएर फिल्मको लाखौँको प्रचार गरेको भन्दै करिश्माले बालेनलाई व्यंग्य हानेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’ हुन पनि महानगरले तिराएको ५० हजार जरिवानाले ‘बगान’को ठुलो प्रचार भइरहेको छ ।

फिल्मलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन रहेको छ । यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमीला कार्की, वसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:५४