सूचनाको शक्ति - The Power Of Information

        

मल बोकेर नेपालगञ्ज आउँदै गरेको ट्रक शिवखोलामा खस्यो

दाङको अमिलिया पुलबाट ट्रक तल खसेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही– ९ शिवखोला पुलमा लु १ ख ४६०९ ट्रक तल खस्दा चालक गम्भीर घाइते भएका छन् ।

भैरहवादेखि नेपालगञ्जतर्फ मल बोकेर आउँदै गरेको ट्रक अमिलियस्थित शिव खोलामा खसेर चालकको खुट्टा च्यापिएपनि ट्रकको केही भाग काटेर चालकको उद्धार गरिएको प्रहरीले जनाएको छ । ट्रकमा सवार अर्का युवक सकुशल छन् ।

गम्भीर घाइते भएका रुपन्देहीका ३७ बर्षीय ट्रक चालक वसन्त लोहनियालाई उद्धार पश्चात उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १७:४१