सूचनाको शक्ति - The Power Of Information

        

कुशल भुर्तेलले ६ विकेट लिएपछि यूएई १ सय ५७ रनमै अलआउट

काठमाण्डाै – एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले यूएई ‘ए’ लाई १ सय ५७ रनमै अलआउट गरेकाे छ ।

काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे यूएई ४४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयाे । यूएईका लवप्रीत सिंहले सर्वाधिक ५२ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । कुशलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १३:४५